२०८२ जेठ २५ शनिवार

राशिफल

महासंघको धर्ना कार्यक्रम जारी, गन्तव्यमा नपुग्दासम्म पछि नहट्ने पोखरेलको दावी

काठमाण्डौं : नेपाल पत्रकार महासंघले धर्ना कार्यक्रम जारी राखेको छ ।

पारिश्रमिक साथै कान्तिपुर टेलिभिजनले पत्रकार दिपा दाहाललाई निष्काशन गरेकोलगायतका विषयमा महासंघ हिजोदेखि चरणवद्ध संघर्षको कार्यक्रममा उत्रिएको हो ।

आन्दोलनको पहिलो दिन महासंघको नेतृत्वमा तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएको थियो ।

धर्ना कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी लगायतको उपस्थिति थियो ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले महासंघ जुन उद्देश्यका साथ आन्दोलनमा उत्रिएको हो, त्यसको गन्तव्यमा नपुग्दासम्म पछि नहट्ने बताए ।