काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौंका सबै भाग र ग्राहकलाई समानुपातिक ढंगले वितरण गर्नुपर्ने बताएका छन् ।
उनले ११ वैशाखदेखि काठमाडौं उपत्यकाका १० पानी ट्यांकीबाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिए ।
मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उनले अब वितरण कुनै कारण वा बाहना देखाएर रोक्न नमिल्ने बताए ।
२९ चैतदेखि सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स क्षेत्रबाट सुरुङमा पानी भर्न सुरु गरिएको थियो ।
तपाइँको प्रतिक्रीया