२०८२ जेठ २३ बिहीबार

राशिफल

इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेड ४–० अन्तरले पराजित

काठमाडौं  : उपाधि होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ४–० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुवै हाफमा दुई(दुई गोल गरेको हो ।

जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ । हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौँ स्थानमा छ ।