२०८२ जेठ २५ शनिवार

राशिफल

आज प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली हुने

काठमाडौं :  हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ।आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।