२०८२ जेठ २५ शनिवार

राशिफल

स्थानीय निर्वाचनलाई लक्षित गर्दै ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय

काठमाण्डौ  :  स्थानीय निर्वाचनका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

भारतको मधुवनी जयनगरमा बसेको दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

खुल्ला सीमा नाकाका कारण चुनावका बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।