काठमाण्डौ : बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत दुई दिनमा झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।
तपाइँको प्रतिक्रीया