२०८२ जेठ २२ बुधबार

राशिफल

आज सुनको भाउ १५ सय रुपैयाँले घट्यो

काठमाडौं  :  नेपाली बजारमा सुन र चाँदीको मूल्य आज घटेको छ । आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।