२०८२ जेठ २४ शुक्रबार

राशिफल

राप्रपा नेपालले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज बुधबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको हो । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेको छ ।

नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्ररप्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।