काठमाडौं : पोखरा महानगपालिकाको मेयर पद नेकपा एसले पाउने भएपछि नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । पोखरा महानगर समितिले बुधवार पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।
महानगर समिति सचिवद्वय टुवराज बास्तोला र गणेशबहादुर थापाले जिल्ला कार्यसमिति र गण्डकी प्रदेश कार्यसमितिलाई ध्यानाकर्षणपत्र बुझाउँदै पोखराको मेयर नेकपा एसले पाउने खबरले आफूहरूको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएका छन् ।
ध्यानाकर्षणपत्रमा प्रधानमन्त्री तथा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले गण्डकी सभापति र कास्की सभापतिलाई किनाराको साक्षी राखेर पोखराको मेयर नेकपा एसलाई प्रस्ताव गर्ने गैरजिम्मेवारीपूर्ण निर्णयले महानगरपालिका कार्यसमितिले उपेक्षित महसुस गरेको पनि उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रीया