२०८२ जेठ २४ शुक्रबार

राशिफल

मुक्तिनाथ बैंकले तेस्रो त्रैमाससम्ममा १ अर्ब बढी नाफा कमायो

काठमाण्डौं : मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १।४९ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आर्थिक वर्ष २०७७र७८ को सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा २६।७९ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको बैंकले यता सञ्चालन नाफा २।६६ प्रतिशतले वृद्धि गर्दै क्रमशः २४ अर्ब २ करोड ३४ लाख रुपैयाँ र १ अर्ब ८९ करोड ४७ लाख ८१ हजार रुपैयाँ कमाएको छ ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा ५४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ३६ पैसा बढेर २४ रुपैयाँ ६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।