सोलुखुम्बु : स्थानीय तहको चुनाव घर्किसकेको छ । चुनावको मिति नजिकिएसँगै उम्मेद्वारहरु भोट माग्न व्यस्त छन् ।
यसैक्रममा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा पनि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । जसमा वडा नम्बर ४ मा भने माओवादी केन्द्रको पकड दह्रो रहेको छ ।
माओवादी केन्द्रबाट युवा तथा समाजसेवी हर्क राईले अध्यक्षमा तथा दलित महिला सदस्य चन्द्रकुमारी विश्वकर्मा, खुला सदस्यमा विकाश भारती र खुला सदस्यमा नै फुर्तिमान राईले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
जसमा १ जना सदस्य भने केही दिनमा टुंगो लाग्ने माओवादी निकट एक स्रोतले बताएको छ । खुला सदस्यमा उम्मेद्वारी दिएका विकाश भारती जनचेतना आविका वर्तमान विव्यस अध्यक्ष हुन् ।
उनले विगतदेखि नै समाजमा रहेका नराम्रा गतिविधीलाई औंल्याउदै सामाजिक दायित्व पुरा गर्दै आएका छन् । जसकारण पनि आगामी निर्वाचनमा सोचेभन्दा धेरै मत ल्याएर बिजयी हुने बताए ।
विकाश भारतीको उम्मेद्वारी किन ?
१. दिर्घकालिन रुपमा विद्युतको समस्या समाधानको लागि पहल गर्ने,
२. वडा नम्बर ४ र २ लाई जोड्ने दुधकोशीमा मोटरेबल पुलको लागि वडाबाट पहल गर्ने,
३. युवाहरुलाई वडामै कृषिमा आत्मनिर्भर बनाउँन युवालक्षित कार्यक्रम ल्याउँने
४. महिला तथा बालबालिकाहरुलाई सिपमूलक तालिमको व्यवस्था गर्ने,
५. गुणस्तरीय तथा प्रविधीमैत्री शिक्षामा जोड दिने
६. दिर्घकालिन सडक निर्माणमा जोड दिने,
७. स्वास्थ्य परामर्शको व्यवस्था गर्ने,
८. पर्यटकको वृद्धी गराउँनको लागि डाँडाखर्कमा होटल तथा खानेपानी व्यवस्था गरिदिने लगायतको काममा जोड दिने उनको भनाई छ ।
तपाइँको प्रतिक्रीया