वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका मेयर जनता समाजवादी पार्टी जसपालाई दिने सत्ता गठबन्धनको निर्णयपछि नेपाली कांग्रेस पर्साका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।
जिल्ला नेताहरुले वीरगञ्जमा एक्लै चुनाव लड्ने तर मेयरमा अरुलाई सहयोग गर्न नसक्ने भन्दै आए पनि जिल्लाको सुझावलाई वेवास्ता गर्दै नेतृत्वले भागवण्डा लगाएपछि कांग्रेसका नेताहरु असन्तुष्ट छन् ।
त्यसैले कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, नेता अनिल रुंगटा पार्टी सभापति देउवालाई भेटन काठमाडौं प्रस्थान गरेका छन् ।
सभापतिलाई भेटेर आफ्नो कुरा राख्न पर्साबाट नेताहरुको एक टोली काठमाडौं हिँडेको नेता रिजालले बताए ।
तपाइँको प्रतिक्रीया