सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुस्थित जनचेतना आधारभूत विद्यालयले वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
मंगलबार विद्यालयमा प्रकाशित नतिजामा कक्षा १ मा अध्ययनरत मुना घिमिरे विद्यालय प्रथम, कक्षा १ मै अध्ययनरत सिसिर भारती द्धितिय र कक्षा ४ मा अध्ययनरत अर्जुन भारती तृतीय भएका छन् ।
उनिहरुलाई क्रमशः रु. १ हजार पाँच सय, रु १ हजार र रु. ५ सय रुपैयाँ प्रदान गरिएको विव्यस अध्यक्ष विकाश भारतीले जानकारी दिए ।
उक्त पुरस्कार स्थायी घर ज्यामिरे भई हाल कतार कर्मथलो बनाएर बसेका बल बहादुर वन (सन्तोष) ले उपलब्ध गराएका थिए ।
उनले विद्यार्थीको पढाईमा थप सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताएका छन् ।
साथै उनले आगामी दिनमा पनि जन्मदिनको अवसर पारी पुरस्कारलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । पुरस्कार पाएसँगै विद्यार्थीहरु पढाइप्रति उत्साहित भएका छन् ।
तपाइँको प्रतिक्रीया