२०८२ जेठ २४ शुक्रबार

राशिफल

मधेश सरकार पाँचै वर्ष चल्छ : जसपा

काठमाडौं : मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ ।

‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा सरकारले बाँकी कार्यकाल पूरा गर्ने राजनीतिक सुनिश्चितता छ’, घोषणापत्रमा भनिएको छ ।

अन्य प्रदेश सरकार पूरा कार्यकाल टिक्न नसके पनि जसपाले आफ्नो नेतृत्वको जोगाउन सफल भएको दावी गरेको छ । ३ फागुन २०७४ मा गठित मधेश सरकार पाँचै वर्ष टिक्नुले राजनीतिक स्थायित्वको सन्देश समेत गएको जसपाले जनाएको छ ।