काठमाण्डौं : मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले कतै आपसमा तालमेल गर्ने, कतै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । सोमबारदेखि जारी पाँच दलीय गठबन्धनको बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी चार बुँदे सहमतिपत्र अनुसार सत्ता गठबन्धन घटकबीच चुनावी तालमेल हुन नसकेका पालिकामा आपसमै मित्रवत् प्रतिस्पर्धा हुनेछ ।
गठबन्धनमा आवद्ध सबै दलबीच सहमति हुन नसकेका पालिकामा दुई वा दुईभन्दा बढी दलबीच तालमेल गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग भने गठबन्धनमा आवद्ध कुनै पनि दलले चुनावी तालमेल गर्न नपाउने सहमति भएको छ ।
तत्कालीन राजपा नेपाल र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलबीच बाँडफाँटको विषयमा रौतहटका केही पालिकाबाहेक अन्य पालिकाका लागि संवाद जारी राख्ने गरी गठबन्धनको बैठक टुङ्गिएको हो ।
तपाइँको प्रतिक्रीया