२०८२ जेठ २८ मङ्गलबार

राशिफल

उपमहानगरपालिका जसपाको भागमा परेपछि काँग्रेस कार्यकर्ता विरोधमा

काठमाण्डौं : सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपालको भागमा परेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु विरोधमा उत्रेका छन् ।

जनकपुरधामको विद्यापति चोकमा काँग्रेसका कार्यकर्ताहरूले सत्ता गठबन्धनका नेता र प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विरोधमा प्रदर्शन गरेका हुन् ।

काँग्रेस कार्यकर्ताहरूको भावनामाथि खेलबाड गरिएको भन्दै उनीहरुले जनकपुरधामको विद्यापति मुरलीधर चोकमा टायर बालेर देउवा र गठबन्धन बिरुद्ध नाराबाजी गरेका छन् । जनकपुरधाममा नेपाली काँग्रेस एक्लै लड्न सक्ने अवस्था रहेका बेला जसपालाई दिनु निन्दनीय काम भएको काँग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले बताए ।