२०८२ जेठ २७ सोमबार

राशिफल

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्ससँग पन्जाब किङ्स ९ विकेटले पराजित

काठमाडौं  :  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ९ विकेटले हराएको छ ।

मुम्बईमा भएको खेलमा पन्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । दिल्लीका डेभिड वार्नरले अविजित ६० रनको अर्धशतकीय पारी खेले ।

पन्जाबका राहुल चाहरले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो । दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए ।

जितसँगै दिल्ली ६ खेलमा ६ अंकका साथ अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ ।