२०८२ जेठ २५ शनिवार

राशिफल

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं  :  नेकपा एमाले सचिवालय बैठक बस्दै छ।

महानगर र उपमहानगरपालिकाको उम्मेद्वारको विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्। बिहीबार दिउँसो १ बजे बालकोटमा बस्ने बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनको भनाइ छ।

सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाएर सिट बाँडफाँट गरेपछि प्रमुख प्रतिपक्षी एमालेको सचिवालय बैठक बस्न लागेको छ।