काठमाण्डौ : कपिलवस्तु गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी एक सैनिक जवानको उपचारका क्रममा मृत्यु भएको छ ।
झापाको गौरादह नगरपालिका १ की २४ वर्षीय सैनिक जवान कोपिला राजवंशीको उपचारका क्रममा आज बिहान भैरहवा युनिभर्सल कलेज रुपन्देहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए ।
राजवंशी हिजो बेलुका गोली लागेको अवस्थामा फेला परेको र गोली लाग्नुको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया