२०८२ जेठ २३ बिहीबार

राशिफल

डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस आज नेपाल आउँदै

काठमाडौं:  विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै हुनुहुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उहाँ आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेको हो ।

महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू समेत रहने छन् ।

डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी रहनेछ ।

तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।