काठमाण्डौं : अदालतले माग गरेको कागजात र विवरण नपठाएको भन्दै ललितपुर जिल्ला अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले वैशाख ४ गते एक आदेश गर्दै सिडिओलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।
दूषित नामसारी निर्णय दर्ता बदर सम्बन्धी परेको रिटमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रतिवादीको कागजातको प्रतिलिपि र अदालतले माग गरेको विवरण उपलब्ध नगराएको भन्दै अदालतले कारवाहीको चेतावनी दिएको हो ।
ललितपुर जिल्ला अदालतमा रुविना चौगुठी वादी भएको दूषित नामसारी निर्णय दर्ता बदर गरी हक कायम सम्बन्धी मुद्दामा प्रतिवादी बनाइएकी सम्झना ग्वाछा श्रेष्ठको कागजात र विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग मागिएको थियो ।
तपाइँको प्रतिक्रीया