२०८२ जेठ २५ शनिवार

राशिफल

सिरहाको गोलबजारमा बस र टिपर ठोक्किएर दुर्घटना हुँदा २९ जना घाइते

काठमाडौं  : पूर्वपश्चिम राजमार्ग सिरहाको गोलबजार नगरपालिकामा बस र टिपर एकआपसका ठोक्किएर दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सिरहा प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ८२०१ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ ख ५४३४ नम्बरको टिपर नगरपालिकाको वडा नम्बर ४ स्थित चौहर्वामा ठोक्किएको हो ।

उक्त दुर्घटनामा २९ जना घाइते भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बूढाथोकीले जानकारी दिए । उनका अनुसार बसमा जन्ती सवार थिए ।