काठमाडौं : नवलपरासी सुस्ता पश्चिम बर्दघाट नगरपालिका १३ धनेवामा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतिय नागरिक ५३ वर्षीय रबिन्द्रनाथ पाठक रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चौपत्तास्थित सहिद स्मृती सामुदायिक अस्पतालमा मृत्यु भएको हो । हिजो बेलुकी ८ : १५ बजे भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
तपाइँको प्रतिक्रीया