२०८२ जेठ २३ बिहीबार

राशिफल

नेविसंघ दिवसमा शुभकामना आदानप्रदान कार्यक्रम

आयुष्मा गिरी/काठमाण्डौं : पद्मकन्या नेपाल विद्यार्थी संघ इकाईले बुधबार सांस्कृतिक प्रतिष्ठान राष्ट्रिय नाचघरमा ५३ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कांग्रेस नेता शेखर कोईराला, गगन थापा, महेन्द्र रिजाल, धनराज गुरुङको सहभागितामा कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाएको थियो।

कार्यक्रममा नेविसंघ सम्बध विद्यार्थीहरू सहभागी थिए।

नेविसंघको स्थापना दिवसको अवसरमा स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयमा विचार विमर्श कार्यक्रममा उपस्थित नेताहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय चुनावको सन्दर्भलाई जोड दिँदै नेपाली कांग्रेस कुनै दलसँग तालमेल नगरी स्थानीय तहको चुनावमा सहभागी हुने बताए ।

साथै नेविसंघ सम्पूर्ण राजनीतिकमा आवद्ध भएका व्यक्तिहरूको राजनीतिको प्रहिलो खुट्किलो भएको बताउँदै महामन्त्री थापाले नेबिसंघ स्थापनाको ५३ औं वार्षिकोत्सबमा आफ्नो शुभकामना मन्तव्य राखे।

यसैगरी नेपाली कांग्रेसका नेता शेखर कोईरालाले नेबिसंघ स्थापनाको ५३ औं स्थापना दिवसको शुभकामना व्यक्त गर्दै अबको स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धा गर्ने विषयमा जोड दिए ।