२०८२ जेठ २६ आइतबार

राशिफल

गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने

काठमाडौं : सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ ।

स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।