काठमाण्डौं : भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्यययनरत विद्यार्थीहरुले १० बुँधे मागसहित क्याम्पस प्रशासनको ध्यानकर्षण गराएका छन् ।
उर्जाशिल युवा समुहको उपाध्यक्ष तथा आरआर क्याम्पसमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थी रमन वनको नेतृत्वमा गएको विद्यार्थी टोलीले क्याम्पसमा देखिएको समस्या तत्काल समाधान गरिदिन सहायक क्याम्पस प्रमुख गोबिन्द प्रसाद आचार्यसमक्ष माग गरेका हुन् ।
विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै सहायक क्याम्पस प्रमुख आचार्यले समस्या समधानमा तत्काल ध्यान दिने बताएका छन् ।
शौचालयमा पानीको अभावदेखि शेनिटरी प्याड लगायतको कुराहरु तत्काल व्यवस्था गरिदिन माग गरेको उर्जाशिल युवा समुहका सचिव प्रकाश कपालीले जानकारी दिए ।
साथै माग सम्बोधन नभएमा थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने उनले बताए ।
ध्यानकर्षण पत्र पढ्नुहोस…….
तपाइँको प्रतिक्रीया