काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेको हो ।
प्रचण्डले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकताबद्ध हुनु आवश्यक रहेको बताए ।
तपाइँको प्रतिक्रीया