काठमाडौं : नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
उनका अनुसार कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई यात्रुको चाप बढ्दै जाँदा विमानस्थलहरुलाई समेत पूर्ण क्षमतामा चलाउने निर्णय भएको हो ।
पछिल्लो केही महिनायता प्रतिकूल मौसमले विमानस्थल प्रभावित हुँदा उडानरअवतरण प्रभावित भएको छ । जसले उडानहरु रातको समयमा बढी धकेलिने गरेका छन् ।
कतिपय अवस्थामा वायुसेवा कम्पनीहरुले राती अबेर उडानहरु रद्द गर्दा काठमाडौं तथा अन्य विमानस्थलहरुमा यात्रु अलपत्र समेत पर्ने गरेका छन् ।
नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट अनौपचारिक सञ्चालनमा आइसकेको छ । यहाँ आन्तरिक उडान शुरु भएका छन् ।
यी हुन् रात्रिकालीन उडान हुने विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
धनगढी विमानस्थल
नेपालगञ्ज विमानस्थल
सिमरा विमानस्थल
जनकपुर विमानस्थल
विराटनगर विमानस्थल
भद्रपुर विमानस्थल
तपाइँको प्रतिक्रीया