२०८२ जेठ २७ सोमबार

राशिफल

नौ महिनामा निर्यात वृद्धि

काठमाण्डौं : चालू आर्थिक वर्ष २०७८,७९ को पहिलो नौ महिनामा निर्यात वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा रु एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट रु ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो।

चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै रु १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ ।

तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।