२०८२ जेठ २२ बुधबार

राशिफल

आइएमईको २४औँ साधारण सभा सम्पन्न

काठमाण्डौं :  आइएमई जनरल इन्स्योरेन्सको २४औँ वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ ।

लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारण सभामा अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताए ।

कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं। ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो ।

चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको उनले जानकारी दिए ।