२०८२ जेठ २१ मङ्गलबार

राशिफल

उपत्यकामा मेलम्चीको पानी पुरानो पाइपमार्फत नै वितरण गरिने

काठमाडौं : उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ ।

एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

गत असारमा बाढीका कारण पानी अवरुद्ध भएपछि पनि विभिन्न स्थानमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताए ।

असारदेखि यता यी ठाउँमा ट्याङ्करको पानी र बागमतीको पानीले पाइप परीक्षण गरिएको थियो ।