काठमाण्डौं : यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि पालिकाको मेयर बन्न मधेश प्रदेशका मन्त्री, प्रदेश सांसददेखि जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार बन्नका लागि प्रदेश सांसद शेखअब्दूल कलाम आजादले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
तात्कालिन समाजवादी पार्टी रौतहट ४ ९२० बाट प्रदेशसभा सदस्य बनेका आजादले रौतहटको गढीमाई नगरपालिकामा मेयर पदको जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।
शुक्रबार प्रदेशसभाको प्रशासन शाखा प्रमुख जानकी शरण साहलाई आफ्नो राजीनामापत्र बुझाएका छन् । त्यस्तै मधेश प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र प्रदेश सभा सदस्य परमेश्वर साह समेतले मेयरमा चुनाव लड्न राजीनामा दिएका छन् ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिनका लागि मन्त्री पदबाट राजीनामा दिएको मन्त्री यादवले बताए ।
मन्त्री यादवले पार्टीको दबाव र मतदाताको चाहना भएकाले आफूले मेयर पदमा चुनाव लड्न बाध्य भएर राजीनामा दिन लगेको बताए ।
मन्त्री यादव २०७४ सालको नेकपा एमालेबाट सिरहा क्षेत्र नम्बर ३ ९ख० बाट प्रदेश सभामा निर्वाचित भएका थिए । तर एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा लागे ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नका लागि प्रदेशसभा सदस्य परमेश्वर साहले पनि राजीनामा दिन लागेका छन् ।
तपाइँको प्रतिक्रीया