काठमाण्डौं : कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब आज भिड्दै छन् ।
धनगढी रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।
वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् ।
शुक्रबार धनगढी रङ्गशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् ।
उनले रातीको समयमा खेल्दा केही कठिनाइ भएको भए पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरिन् ।
‘पहिलो पटक लाइटमा खेल्दा आउने समस्याले समस्या भइरहेको छ । कुनै वेला लाइट बिग्रिँदा खेलको रिदम बिग्रने समस्या छ ।’ कप्तान बस्नेतले भनिन् ।
त्यस्तै पहिलो पटक भएको महिला गोल्डपकको उपाधि जित्नै इतिहास बनाउने उनले बताइन् ।
त्यस्तै एपीएफले सेमिफाइनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाइनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो ।
तपाइँको प्रतिक्रीया