२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मध्य तराईमा गर्मीले जनजीवन प्रभावित

काठमाण्डौं : मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन थालेका छन् ।

गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ ।
यता बढ्दो गर्मीका कारण किरा फट्याङ्ग्राको बिगबिगी भएको छ । जसले बालीनाली सखाप पार्ने किसानको चिन्ता बढेको छ ।

पछिल्लो केही बर्षयता जाडोयाममा अत्याधिक जाडो र गर्मीयाममा अत्याधिक गर्मीका महोत्तरीलगायत मध्य तराईका जिल्लाको जनजीवन प्रभावित बन्ने गरेको स्थानीय युवा विजय दास सुनाउँछन् ।

उनका अनुसार तापक्रमको अस्वभाविक घटबढले जनजीवनमा मात्रै परिवर्तन ल्याएको छैन अन्न उत्पादन समेत घटेको छ । महोत्तरी किसानगरका अब्दुल रसिदले किरा फट्याङ्ग्रा प्रकोपले बालीनालीमा यति ठूलो हस आउँछ भन्ने सोचेका पनि थिएनन् ।

तर, किराको प्रकोप, रासायनिक मल तथा औषधि जथाभावी प्रयोगले स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको उनको बुझाइ छ ।