२०८२ जेठ २२ बुधबार

राशिफल

मैनादेवी फाउन्डेसनद्वारा आयोजित सडक दौड सम्पन्न, कफीका कुमाल र पोखरेल पहिलो

  • एनडीसी खबर२०७९ बैशाख १० शनिवार २२:००:३९

काठमाण्डौं : मैनादेवी फाउन्डेसनद्वारा राजधानीमा आयोजित सडक दौड सम्पन्न भएको छ ।

सरसफाइ अभियानलाई समेत सहयोग पु¥याउने उदेश्येले शनिबार आयोजित ४ किलोमिटर दौड काठमाडौँ हात्तिसारबाट सुरु भएर ज्ञानेश्वर, रातोपुल, सेतोपुल, डिल्लीबजार, बागबजार हुँदै पुनः हात्तिसारमा आएर टुङ्गिएको थियो।

उक्त दौडमा चारसयभन्दा बढीको सहभागिता रहेको तथा सो दौडलाई व्यवस्थिति गर्न ८० जना स्वयमसेवी परिचालन गरिएको थियो।

समूहगत रुपमा आयोजना गरिएको उक्त दौडमा शीर्ष पाँच टोलीलाई दश–दश हजार रुपियाँ नगद सहित सम्मानित गरियो।

राजधानीको सरसफाइलाई ध्यानमा राख्दै हरेक व्यक्तिले जथाभावी फोहर नगर्ने सस्कारको विकास गराउने सचेतना अभियानको रुपमा दौडको आयोजना गरिएको हो।

सबैभन्दा धेरै फोहोर संकलन गर्ने पाँच टिमलाई नगद १० हजार रुपैयाँसहित मेडल प्रदान गरियो ।

प्रतियोगितामा टिम कफीका रामचन्द्र कुमाल र विवेक पोखरेल पहिलो, टिम इम्पेरियल ब्वाइजका लक्ष्मण गिरी र विश्वमित्र थारु दोस्रो, टिम खवटका प्रेमप्रकाश खड्का र जश्विन भाट तेस्रो भए ।

यस्तै, टिम पिसफुल डाभका सबिन राई र निमा रुम्बा चौथो र टिम द रेभ्युलुसनका विनोद जेठारा र शंकर रोकाय पाँचौँ भए ।

सरसफाइ अभियानलाई साथ दिँदै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, र्‍यापर बालेन साह, काटुन क्रुजका सरोज अधिकारी, गायिका रेखा जोशीलगायत उपस्थिति थिए ।