काठमाण्डौ : कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ ।
आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुन गइरहेको परिक्षाको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो ।
विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ ।
तपाइँको प्रतिक्रीया