काठमाण्डौ : बाजुराको बडीमालिका नगरपालिकामा काफल खान चढेको रूख ढल्दा ७ जना बालक घाइते भएका छन् ।
बडीमालिका नगरपालिका ८ खर्रामा वनमा पुगेर काफल खान रुख चढेका बेला ढलेर सात जना बालक घाइते भएक जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते हुनेहरुमा बडीमालिका नगरपालिका ८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन् ।
घाइते सबैको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया