काठमाण्डौ : काठमाण्डौको काँडाघारीमा बिहान सबेरै भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रमममा बिहान ६ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया