काठमाण्डौ : नेपाली कांग्रेसले पालिका चुनावका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।
घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउने प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको कांग्रेसले जनाएको छ ।
तपाइँको प्रतिक्रीया