काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
सोमवार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
तपाइँको प्रतिक्रीया