२०८२ असार ४ बुधबार

राशिफल

मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु

काठमाण्डौ :  काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गरे ।

वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो ।

गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । तर अहिले थोरैबाट वितरण सुरु हुँदैछ ।