२०८२ जेठ २७ सोमबार

राशिफल

पालिका चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु

काठमाण्डौ  : आउँदो ३० गते हुने पालिका चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । केही दल आफ्नो उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिको कार्यालय पुगेका छन् ।

सत्ता गठबन्धनले भने धेरैजसो ठाउँमा भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

केही ठाउँ बाहेकमा साझा उम्मेदवार तय भइनसकेकाले भोलि मात्रै उम्मेदवारी दिने तयारी भएको गठबन्धनले जनाएको छ । यस विषयमा थप छलफल गर्न आज दिउँसो ३ बजे गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको बैठक बस्दैछ ।

आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चुनावमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने छन् । उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनु पर्छ ।