काठमाण्डौं : सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रबाट राजु लामालाई उम्मेदवार सिफारिस गरेको छ । केन्द्रले उपाध्यक्षमा राममाया तामाङ र प्रज्ञा तामाङ अघि सारेको हो ।
शिक्षक पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएका लामा जनताले रुचाएका र जनताकै नेताका रूपमा लिइन्छ ।
२०७४ को निर्वाचनमा एमालेका नेता कमल नेपालसँग हार बेहोरेका नेता लामा यस पटक भने बलियो आधार बनाएर उभिएको उनका निकटहरूको भनाइ छ ।
गत निर्वाचनमा लामाले पालिका अध्यक्षमा जम्मा ३० मतले पराजय बेहोर्नु परेको थियो । उनि समाजसेवी व्यक्तित्वको रुपमा समेत परिचित छन् ।
यस्तै वडा नं. १ को अध्यक्षका लागि पासाङ तामाङ, वडा नं. २ को अध्यक्षका लागि ज्ञान बहादुर तामाङ, वडा नं. ३ को अध्यक्षका लागि मान बहादुर तामाङको नाम सर्वसम्मत सिफारिस भएको छ ।
वडा नं. ४ मा चार जनाको दाबी परेको छ भने वडा नं. ५ मा पनि दुई जनाको दाबी परेकोले उम्मेदवारको अन्तिम टुङ्गो लाग्न बाँकी छ ।
वडा नं. ६ मा मानबहादुर भण्डारी र वडा नं ७ मा पेमा तामाङको नाम सर्वसम्मत सिफारिस भएको छ ।
पालिकावासीको सङ्कल्पले सार्थकता पाउन भने आगामी वैशाख ३० गते सम्म कुर्नु पर्नेछ ।
तपाइँको प्रतिक्रीया