सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको वृद्धि भएको छ । पछिल्लो समय निरन्तर ओरालो यात्रामा रहेको नेप्सेमा आइतबार एकैदिन ९५ अंकमाथिको सुधार आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम ९५.४६ अंकले बढ्दै २४ सय २०.९१ अंकमा उक्लिएको हो । यो गत हप्ताको सूचकको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो ।
उसो त यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १७.७४ अंकले बढ्दै ४६०.८८ अंकमा उक्लिएको छ । अधिकतम ९५ अंकमाथिले बढेको यस दिन अधिकांश कम्पनीका सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् ।
नेप्सेका अनुसार १० वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, दुई दर्जन माथिका कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।
तपाइँको प्रतिक्रीया