२०८२ जेठ २५ शनिवार

राशिफल

अस्ताइन् मधेस प्रदेशकी राज्यमन्त्री झा

काठमाडौं : मधेस प्रदेशका पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।

विगत दुई वर्षदेखि पेटको क्यान्सरको उपचार गराइरहेकी झा को आज बिहान साढे ४ बजे काठमाडौंमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनी ४२ वर्षकी थिइन् ।

राजनीतिज्ञ तथा अधिकारकर्मी डिम्पल समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित मधेस प्रदेशसभा सदस्य हुन् । १२ जुलाई १९७९ मा जन्मिएकी उनी आयुर्वेदिक डाक्टर पनि थिइन् ।

उनले २०१३ नोभेम्बरदेखि २०१७ कात्तिकसम्म दोस्रो संविधानसभाको सदस्यको रूपमा पनि काम गरिन् ।

उनी लोकतान्त्रिक समाजवादी पार्टीसँग आवद्ध थिइन् । उनले मधेस सरकारमा २०१८ जुलाईदेखि २०२१ सम्म भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको रूपमा काम गरेकी थिइन्।

उनको गृहनगर रौतहटमा अन्तिम संस्कार गरिने मृतकका श्रीमान् अनिलकुमार झाका सहयोगी रञ्जितकुमार झाले बताए ।