२०८२ जेठ २२ बुधबार

राशिफल

विमानस्थलबाट करोडौंको हेरोइन बरामद

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ करोड रुपैयाँ मूल्य बराबरको खैरो हेरोइन बरामद भएको छ ।

दक्षिण अफ्रिकाबाट जोनेसवर्ग, कतार हुँदै काठमाडौं आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्गको साथबाट ७ किलो खैरो हेरोइन बरामद भएको हो ।

ब्यूरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ बराबर छ ।

प्रहरीले उनको साथमा रहेको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरेको थियो ।

उनलाई पछ्याउँदै गएका ब्यूरोका अधिकृतहरुले लागूऔषध लिन गएकी भारतीय नागरिक लालनुपीलाई पनि पक्राउ गरेको श्रेष्ठले बताए ।