२०८२ जेठ २३ बिहीबार

राशिफल

नेपाली र मैथिली भाषाको “चम्कय जेना चाँदनी लाग्यो मलाई मोहनी” बजारमा (भिडियोसहित)

काठमाण्डौं : मैथिली र नेपाली भाषाको समिश्रण गरी नयाँ अबधारणा अनुरुप तयार पारिएको “चम्कय जेना चाँदनी लाग्यो मलाई मोहनी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

बुढा सुब्बा डिजिटलको आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोमा पुरूष आवाज मैथिली भाषामा छ भने नारी आवाज नेपाली भाषामा सुन्न पाईन्छ ।

गितमा सरोज मंडलको शब्द, शैलेन्द्र विश्वकर्माको संगीत तथा शैलेश कुमार मिश्र एवं ज्योति विश्वकर्माको स्वर रहेको छ । यस भिडियोमा अभिशेष रोशन तथा नम्रता अर्यालको अभिनय देख्न सकिन्छ ।

छायांकन संकल भुजेलको रहेको छ भने दृश्य सम्पादन तथा रंग संयोजन कृष्ण भण्डारीले गरेका छन् भने नृत्य सुरेश पाण्डेको रहेको छ । भिडियोको निर्देशन भने कलाकार तथा निर्देशक अमितेश शाहले गरेका हुन् ।