सोलुखुम्बु : यही बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि थुलुङ दुधकोशी गाउँपालिका ७ को वडा अध्यक्षमा माओवादीबाट भोजराज कार्की ले उम्मेद्वा्री दिएका छन् ।
विगतदेखि नै राजनितिक क्षेत्रमा सक्रिय रहेका कार्कीले आज एक कार्यक्रममकावीच उम्मेद्धारी दिएको बताएका छन् ।
उनले देउसावासीको माग र आगामी दिनमा वडाको मुहार फेर्नको लागि उम्मेद्वार दिएका हुन् ।
समाजसेवी व्यक्तित्वका रुपमा परिचित कार्की पत्रकारिता तथा कानुनी क्षेत्रमा समेत दख्खल भएका व्यक्ति हुन् । उनको उम्मेद्वारीसँगै देउसावासीमा खुशीयाली छाएको छ ।
कार्कीसंगै वडा सदस्यका लागि सरीता राई लिलामान तामाङ र दलित महिला सदस्यमा अम्बिका नेपालीको नाम घोषण गरिएको छ ।
सामाजिक क्षेत्रमा उच्च छवि बनाएकाहरु उम्मेद्धारीका रुपमा अगाडी सारेको नेकपा माओबादी केन्द्रले जनाएको छ ।
तपाइँको प्रतिक्रीया