काठमाडौं : प्रहरीले ६ लाख ४१ हजार नगदसहित सात जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । आइतबार मोरङको ग्रामथान गाउँपालिका ४ कटहराबाट सात जनालाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार झापाको मेचीनगर नगरपालिका ६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका २ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका ६ का ४४ वर्षीय सन्तोष थापामगर, मोरङ ग्रामथान ५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान ४ का ४७ वर्षीय सत्यनारायण राजवंशी जुवा खालबाट पक्राउ परेका छन् ।
पक्राउ परेका विरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।
तपाइँको प्रतिक्रीया