२०८२ जेठ २१ मङ्गलबार

राशिफल

 भक्तपुरको ग्रिनवेयर स्यानिटरी गोदाममा आगलागी करोडौँको क्षति

काठमाडौं : मध्यपुरथिमि नगरपालिका ५ कमेरोटारमा गए राति भीषण आगलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ ।

मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए ।

गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामान लगायतका सामान जलेर नष्ट भएको बताए । प्रहरीको प्रारम्भिक अनुसन्धनमा करिब रु छ करोड बराबरको क्षति भएको जानकारी दिए ।